पुँजी बजार सुधारका लागि नयाँ ऐन र आधुनिक प्रविधि आवश्यक : पूर्वकार्यकारी निर्देशक गिरी

  • मङगलबार ९ भौ २०८३ १०:१८ AM
नेपाल धितोपत्र बोर्ड (सेवोन) का पूर्वकार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको स्थायित्व र विकासका लागि कानुनी सुधार र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै गिरीले विद्यमान ऐन र संरचनामा रहेका कमजोरीहरू औँल्याएका हुन् । गिरीले वर्तमान कानुनमा वित्तीय प्रविधि (फिनटेक)