गाडीहरूको महाकुम्भका रूपमा लिइने नाडा अटो शो २०२६ मा विभिन्न ब्रान्डका चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १८औँ संस्करणको नाडा अटो शोमा नयाँ मोडल, विद्युतीय सवारीसाधन तथा विभिन्न विशेषतासहितका कारले दर्शकको ध्यान तानेका छन् ।