नाडा अटो शोमा टाटाका ईभीमा विशेष छुट, पञ्चदेखि नेक्सनसम्मको मूल्य घट्यो

  • मङगलबार ९ भौ २०८३ ०९:४४ AM
काठमाडौं । काठमाडौंमा जारी स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ लाई लक्षित गर्दै टाटा मोटर्सले आफ्ना विद्युतीय सवारीसाधनमा विशेष मूल्य घोषणा गरेको छ। कम्पनीले विभिन्न मोडेलमा छुटसहित नयाँ मूल्य सार्वजनिक गरेको हो। टाटा पञ्च ईभी ३२.९९ लाखमा नाडा अफरअन्तर्गत टाटा पञ्च ईभीको मूल्य ३३.९९ लाख रुपैयाँबाट घटाएर ३२.९९ लाख रुपैयाँ कायम गरिएको छ। कम्पनीले पञ्च ईभीमा १ लाख रुपैयाँ छुट दिएको हो। नयाँ पञ्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टाका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन्छ। पञ्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड ... The post नाडा अटो शोमा टाटाका ईभीमा विशेष छुट, पञ्चदेखि नेक्सनसम्मको मूल्य घट्यो appeared first on Kalika Khabar.