काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कमिटीले अध्यक्ष राजेन्द्र लिङ्देनले तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिएको भन्दै प्रदेशसभा सचिवालयमा पठाएको पत्रलाई झुटो भन्दै त्यसको कार्यान्वयन रोक्न माग गरेको छ । केन्द्रले कारबाही गरेको दाबी गर्दै पठाएको पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रदेश कमिटीले त्यसविरुद्ध छुट्टै पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । राप्रपा प्रदेश कार्यसमितिका अध्यक्ष