काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.३० अंकले घटेर २५ सय ९४ दशमलव २७ बिन्दुमा झरेको छ । योसँगै नेप्सेमा लगातार दोस्रो दिन गिरावट आएको हो । आज विकास बैंक र निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहका उपसूचक घटेका छन् ।