काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा सुरु भएको प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए। उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए। नाडाको ५० वर्षे यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्रा भएको उल्लेख गर्दै ... The post स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, नीतिगत स्थिरता र अटोमोबाइल क्षेत्रको विकासमा जोड appeared first on Kalika Khabar.