सर्वोच्च अदालतको नयाँ भवनमा एक अधिवक्ताले मंगलबार आत्महत्या प्रयास गरेका छन्। उनलाई प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले सकुशल उद्धार गरेको हो। उच्च अदालतमा ठगीसम्बन्धी मुद्दामा पराजित भएपछि पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका अधिवक्ता लालबहादुर राईले सर्वोच्चबाट पनि आफूविरुद्ध फैसला भएपछि आत्महत्या प्रयास गरेको बताइएको छ। राईले सोमबार दायर गरेको पुनरावेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय