प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष

  • मङगलबार ९ भौ २०८३ ०७:३३ AM
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन् । मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएको हो । असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता साझेदार गरेको, नेकपा र नेकपा एमालेबिच भएको पाँच बुँदे निर्देशन अनुसार मन्त्रालय भागबन्डा नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । सत्ता सहकार्यको विषयमा केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गर्ने सहमति अनुसार मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय भएको सांसद गङ्गानारायण श्रेष्ठले बताए । ‘राप्रपासँग सत्ता सहकार्य गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा संयोजक ... The post प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष appeared first on Kalika Khabar.