राप्रपा विवाद उत्कर्षमा, लिङदेनको पत्र ‘फेक’ भएको कमल थापाको दाबी

  • मङगलबार ९ भौ २०८३ ०७:५२ AM
काठमाण्डु–राप्रपा नेता कमल थापाले बागमती प्रदेशका तीन मन्त्रीलाई सांसदबाट पदमुक्त गर्नेसम्बन्धी निर्णयको वैधतामा प्रश्न उठाएका छन् । थापाले अध्यक्ष राजेन्द्र लिङदेनको कारबाहीसम्बन्धी निर्णय नै ‘फेक’ भएको दाबी गरेका छन् । पार्टीको संस्थागत निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै लिङदेनले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई बर्खास्त गरेको हो