कारभित्र लुकाएर लैजाँदै गरेको १६८ किलो गाँजासहित दुई जना पक्राउ

  • मङगलबार ९ भौ २०८३ ०६:४८ AM
चितवन : चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान करिब ३:४० बजेको समयमा राप्ती नगरपालिकाको भित्री बाटो हुँदै पूर्व-पश्चिम राजमार्गसतर्फ जाँदै गरेको बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका वडा नं. १० स्थित चिप्लेटी भन्ने स्थानमा कारलाई रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा प्रहरीले कार चालक डिल्लीराम थारू र कारमा सवार कर्ण बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। उनीहरूको शरीर तथा सवारी साधन खानतलासी गर्दा कारको पछाडिको डिक्कीभित्र रातो ... The post कारभित्र लुकाएर लैजाँदै गरेको १६८ किलो गाँजासहित दुई जना पक्राउ appeared first on Kalika Khabar.