काठमाण्डु– अटोमोबाइलको महाकुम्भ नाडा अटो शो २०२६ सुरु भएको छ । मंगलबार उपराष्ट्रपति रामसाय प्रसाद यादवले काठमाण्डुको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन गरेका हुन् । आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ १४ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति