सभामुख डीपी अर्यालको सासू आमाको निधनपछि प्रतिनिधिसभा बैठक स्थगित

  • मङगलबार ९ भौ २०८३ ०७:०५ AM
प्रतिनिधिसभाको बैठक सभामुख डोलप्रसाद (डीपी) अर्यालकी सासू आमाको निधनपछि स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। सभामुख अर्यालको निजी सचिवालयका अनुसार उहाँकी सासू आमाको निधनका कारण बैठक स्थगित गरिएको हो। संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार २०८३ भदौ ९ गते मंगलबार