नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आज (मंगलबार)देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीको औपचारिक उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् । स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गरिएको यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल राखिएका छन् । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा यात्रुवाहक