विश्वासको मतका लागि दोस्रो प्रयासमा मुख्यमन्त्री थापा

  • मङगलबार ९ भौ २०८३ ०४:५८ AM
मकवानपुर । सरकार टिकाउन ५३ सांसदको समर्थन जुटाउन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सङ्घर्षरत रहेका छन् । विश्वासको मत जुटाउन सोमबार असफल भएका मुख्यमन्त्री थापा दोस्रो प्रयासमा रहेका छन् । सोमबार ३ पटक संसद बैठक सारेर विश्वासको मत लिने तयारी गरेपनि सत्ता साझेदार दलहरू बिचको विवादले उनी माथि चुनौती थपिदिएको थियो । उक्त चुनौती पार लगाउन मुख्यमन्त्री थापाले पुनः विश्वासको मत लिने तयारीमा अघि बढेका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिन मंगलबार (आज) दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । सोमबार सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि मुख्यमन्त्री थापाको विश्वासको ... The post विश्वासको मतका लागि दोस्रो प्रयासमा मुख्यमन्त्री थापा appeared first on Kalika Khabar.