काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले उद्योगी–व्यवसायीको कमजोर मनोबल सुधार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताएका छन् । मंगलबार नाडा अटो शोको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उद्योग सञ्चालन र निजी क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनका अनुसार उद्योगी–व्यवसायीको मनोबल