काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न नहुने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सवारी साधनलाई आवश्यक वस्तुका रूपमा हेर्नुपर्ने बताएका हुन् । उनले नेपालमै एसेम्बल भइरहेका सवारी साधनको प्रवर्द्धन र विकासका