नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो । बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा