मुक्तिनाथमा सोमबार एकैदिन आठ वटा हेलिकप्टरले काठमाडौँ–मुक्तिनाथ रुटमा उडान गरेका छन्। ती उडानबाट ३२ भारतीय दर्शनार्थी मुक्तिनाथ पुगेका थिए। वर्षायाममा एकैदिन यति धेरै हेलिकप्टर उडान भएको यो पहिलोपटक भएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। पाँचवटा निजी हेलिकप्टर कम्पनीले सेवा दिएका थिए। यसैबीच, दुई महिनादेखि बन्द रहेको पोखरा–जोमसोम नियमित हवाई सेवा पनि सोमबारदेखि पुनः सञ्चालनमा