काठमाडौं। भल्चर आई प्रोडक्सनको प्रस्तुतिमा म्याजिकल रियालिजम् जनरामा आधारित नाटक ‘सुधाकर’s न्यू मुन’ भदौ ५ गतेदेखि सुकेधारास्थित ओस्कार इन्टरनेशनल कलेजको साधना घर थिएटरमा मञ्चन भइरहेको छ। सागर दाहालको कथा र मुक्तिको निर्देशन रहेको नाटकले मानवीय भावना, विचार, राजनीतिक चेत र नैतिकता कसरी परिस्थितिको दास बन्छन् भन्ने विषयलाई रोचक कथामार्फत प्रस्तुत गरेको छ। नाटकका मुख्य पात्र