संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसद्मा त बोल्छौँ, तर सुनुवाइ हुँदैन। संसद्मा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित मन्त्रालयसम्म वा सरकारसम्म पुग्दैन भन्ने उहाँहरुको गुनासो हुन्छ। र, यो समस्या आजको होइन, विगतको अभ्यास पनि यस्तै रहँदै आएको छ। यही गुनासो वा समस्यालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा