आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान। सुनसरीको रामधुनी–७ का कृपाश्वर घले गुरुङको पछिल्लो पहिचान यही हो। भारतीय सेनामा २८ वर्ष सेवा गरेर अवकाश लिएका कृपाश्वरले २०७४ सालमा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक खेती थालेका थिए। दुई बिघा क्षेत्रफलमा फैलिएको फार्मबाट उनले अहिले वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी