४७ उपसचिवको सरुवा, २३ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूची)

  • सोमबार ८ भौ २०८३ ११:४९ PM
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले सोमबार अतिरिक्त समूहमा रहेका तथा विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो । सरुवा तथा पदस्थापन गरिएका ४७ उपसचिवमध्ये २३ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ । त्यस्तै, विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत १९ जना उपसचिवलाई अन्यत्र सरुवा गरिएको छ । यस्तै, एक जना उपसचिवलाई भने एक नगरपालिकाबाट अर्को नगरपालिकामा पुनः प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीमा खटाइएको छ । सरुवा सूचीअनुसार काठमाडौँको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईलाई दोहोर्‍याएर झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा गरिएको छ । मन्त्रालयले स्थानीय तहमा लामो समयदेखि कार्यरत तथा अतिरिक्त समूहमा रहेका उपसचिवको व्यवस्थापन गर्ने क्रममा उक्त सरुवा तथा पदस्थापन गरेको हो । सरुवा भएका उपसचिवको सूची