साक्षी लम्साल खल्तीको ‘ब्रान्ड एम्बेसडर इन्फ्लुएन्सर’का रूपमा निरन्तर

  • सोमबार ८ भौ २०८३ १०:५५ PM
काठमाडौँ । कलाकार तथा इन्फ्लुएन्सर साक्षी लम्साल ‘खल्ती बाई आईएमईको ‘ब्रान्ड एम्बेसडर इन्फ्लुएन्सर’का रूपमा निरन्तर रहने भएकी छन् । लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत खल्तीसँगको आफ्नो व्यावसायिक सहकार्यले नयाँ अध्यायमा प्रवेश गरेको जानकारी दिएकी हुन् ।  उनले दैनिक जीवनलाई सहज र सरल बनाउँदै आएको ब्रान्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा आफू उत्साहित रहेको बताएकी छन् । उनले खल्ती बाई आईएमईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रेग्मीप्रति निरन्तर विश्वास र अवसरका लागि आभारसमेत व्यक्त गरेकी छन् । ‘ब्रान्ड एम्बेसडर इन्फ्लुएन्सर’का रूपमा सहकार्यलाई आगामी दिनमा थप रोमाञ्चक र अर्थपूर्ण बनाउने अपेक्षा व्यक्त गर्दै लम्सालले नयाँ अध्यायका लागि आफू उत्साहित रहेको उल्लेख गरेकी छन् ।