काठमाडौं । नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले नयाँ पुस्ताको ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ ब्रेजा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो। नयाँ लुक, शक्तिशाली इन्जिन तथा थप सुरक्षा र प्रविधियुक्त फिचरका साथ आएको ब्रेजालाई सहरको दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ। न्यू ब्रेजा टर्बो बुस्टरजेट इन्जिनले ५,५०० आरपीएममा अधिकतम ८१ किलोवाट शक्ति तथा २,००० देखि ३,५०० आरपीएममा १७० न्यूटन–मिटर टर्क उत्पादन गर्छ। यससँगै नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ। यसका साथै प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रविधिसहितको के१५सी डुअल जेट, ... The post सुजुकी नेपालले सार्वजनिक गर्यो नयाँ ‘ब्रेजा’, टर्बो इन्जिन र ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित appeared first on Kalika Khabar.