नाडा अटो शोमा नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै

  • सोमबार ८ भौ २०८३ ०४:३५ PM
काठमाडौं । विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ। सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन तथा आधुनिक सुविधाका कारण छोटो समयमै लोकप्रिय बनेको कम्पनीले जनाएको छ। विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीका कारण नामी बक्स नेपाली बजारमा लोकप्रिय रोजाइका रूपमा स्थापित भएको कम्पनीको भनाइ छ। हालसम्म नेपालका सडकमा २ हजारभन्दा बढी नामी सवारीसाधन सञ्चालनमा आइसकेका छन्। यससँगै नामीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको जनाएको छ। नामी ... The post नाडा अटो शोमा नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै appeared first on Kalika Khabar.