२७ सहसचिवको सरुवा, राजन पौडेल पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सूची)

  • सोमबार ८ भौ २०८३ ०९:३८ PM
काठमाडौँ । सरकारले २७ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाएको छ । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा हुने २७ सहसचिवमध्ये २३ जना प्रशासन सेवाका, तीन जना प्राविधिक सेवाका र एक जना तथ्याङ्क सेवाका रहेका छन् । सरुवा सूचीअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ । पौडेलले अब पोखरा महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् । सरकारले सङ्घीय मन्त्रालय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवलाई विभिन्न मन्त्रालय प्रदेश तथा स्थानीय तहमा समेत जिम्मेवारी तोकेको छ । पछिल्लो सरुवासँगै केही मन्त्रालय तथा निकायमा सहसचिवको जिम्मेवारीसमेत हेरफेर भएको छ ।