काठमाडौं । नेपालमा नै उत्पादन भएको पहिलो इलेक्ट्रिक स्कुटर ‘यात्री पी–टू’ नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार साँझ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमेतको उपस्थितिमा नेपालमै उत्पादित ‘यात्री पी–२’ सार्वजनिक गरिएको हो । सिप्रदी ट्रेडिङ प्रालि र यात्री मोटरसाइकल कम्पनीको संयुक्त रुपमा उत्पादन भएको यात्री पी–२ नेपालमा उत्पादित स्कुटर भन्दा निकै ठूलो साइजमा रहेको छ ।