डा. माकाजु श्रेष्ठ र पूर्वसचिव खनाललाई हेमबहादुर मल्ल सम्मान

  • सोमबार ८ भौ २०८३ ०१:२४ PM
काठमाडौं । सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई सोमबार हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ। नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मान गर्नुभएको हो। सम्मानसँगै दुवैलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको छ। धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै स्वास्थ्य सेवा र संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै डा. माकाजुलाई सम्मान गरिएको हो। ... The post डा. माकाजु श्रेष्ठ र पूर्वसचिव खनाललाई हेमबहादुर मल्ल सम्मान appeared first on Kalika Khabar.