एजेन्सी । हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गनेए भएका छन् । उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा तथा द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबीच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताएका छन्