नुन बेच्ने मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौँ : अध्यक्ष श्रेष्ठ

  • सोमबार ८ भौ २०८३ ०१:२० PM
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले मुलुकको जनस्वास्थ्य रक्षा र आपूर्ति व्यवस्थापनमा संस्थाले उल्लेख्य योगदान पुर्‍याउँदै आएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१/२०८२)’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा व्यक्त गरेका हुन् । सम्बोधनका क्रममा अध्यक्ष श्रेष्ठले नेपाल सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुन आपूर्ति गरी नागरिकको मानसिक एवं शारीरिक