धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । करिब एक महिनाअघि उद्घाटन गरिएको उक्त सुरुङमार्ग यसअघि आपतकालीन सवारीसाधनलाई मात्र प्रयोग गर्न दिइएको थियो । तस्बिर : सक्षम घिमिरे,नेपाल