मधेसमा बालबालिका असुरक्षित रहेको भन्दै सांसद भण्डारीले गराइन् सदनको ध्यानाकर्षण

  • सोमबार ८ भौ २०८३ १२:१६ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले मधेस प्रदेशमा बालबालिकाको सुरक्षा र समग्र सामाजिक सुरक्षाको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै सदनको ध्यानाकर्षण गराएकी छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले भौतिक पूर्वाधार र सडक विकासलाई मात्र प्राथमिकता दिने तर विकासको मुख्य आधार मानिएका बालबालिकाको सुरक्षामा ध्यान नदिने प्रवृत्तिको आलोचना