अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालन

  • सोमबार ८ भौ २०८३ ०१:०३ PM
काठमाडौं । अविरल वर्षा र पहिरोका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुचारु गर्ने क्रममा एक हप्ताअघि सोही सडक खण्डको अर्को पहिरो सफा गरिएको थियो