धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले मन्त्रालयअन्तर्गत सञ्चालित बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै मन्त्री भाटले ३ वटा निर्णयमा हस्ताक्षर गरेका हुन् । मन्त्रालयको प्रादेशिक सडक तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र खत्रीको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका सम्बन्धित महाशाखा