काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानुनी तथा संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताएका छन् । संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले अदालत सामान्यतया राजनीतिक दलका आन्तरिक मामिलामा प्रवेश नगर्ने बताए । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई आफूहरूले हार्दिकतापूर्वक स्वीकार गर्ने भए पनि त्यसबाट विचलित वा