सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरका तीन र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका चार वटा शब्दहरु संसद्को अभिलेखबाट हटाइएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राना र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरु अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् । सभामुख अर्यालले