शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल भयो : पद्मा अर्याल

  • सोमबार ८ भौ २०८३ ०१:०६ PM
नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न तथा विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छन् । संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले पछिल्लो समय भइरहेका जघन्य तथा अमानवीय घटनाले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताइन् । उनले तीन वर्षीया बालिकामाथि भएको बलात्कारजस्तो जघन्य