प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’ 

  • सोमबार ८ भौ २०८३ ०६:४२ PM
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन् । साथै उनले कोशी नदीको कटान नियन्त्रणका लागि तत्काल कदम चाल्न र बलात्कारका दोषीलाई निर्मम सजाय दिनुपर्ने माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी भ्रमण हुन नसक्ने बताएका हुन् ।  उनले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा जानुभएको छ भन्ने आएको छ । प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ । प्रधानमन्त्री एक्लै जानुभएको हैन । उहाँसँग सरकारी सुरक्षा संयन्त्र आफैँ अटोमेटिकली सक्रिय भएर जाने गर्छ । उहाँ निजी जानुभएको, मन्त्रिपरिषद्लाई, संसद्लाई सूचना नदिई जानुभएको । के खान जानुभएको