इन्दिरा राना र बादलका शब्द संसदको रेकर्डबाट हटाइए

  • सोमबार ८ भौ २०८३ १२:०१ PM
काठमाडौँ : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरका तीन र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राखेका चार वटा शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राना र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले भदौ १ गतेको सभाको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। साथै भदौ ३ गते एमाले संसदीय दलका नेता थापाले प्रयोग ... The post इन्दिरा राना र बादलका शब्द संसदको रेकर्डबाट हटाइए appeared first on Kalika Khabar.