काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद् खुश्बु ओलीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बलात्कार सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आफूभन्दा अघि बोलेका राईको अभिव्यक्ति रेकर्डकबाट हटाउन उनले सभामुखसँग माग गरेकी हुन् । राईले बलात्कारजस्तो गम्भीर अपराधलाई सामान्यीकरण गर्न खोजेको उनको भनाइ थियो । ओलीले