काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको जीवन्त अनुभूति दिलाउँदै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले तयार गरिएको वृत्तचित्र ‘रोड टु एभरेष्ट’ भावी पुस्तालाई उपहारस्वरूप सयौँ वर्षसम्म कालजयी दस्तावेजका रूपमा रहने देखिन्छ । राजधानीमा प्रदर्शित वृत्तचित्रको ‘प्रिमियम शो’मा सहभागी वक्ता एवं दर्शकले वृत्तचित्रलाई केवल हिमालको कथाको रूपमा मात्र नभई नेपाली पहिचानको कथाको रूपमा लिएका छन्