काठमाडौं । एक महिनाअघि उद्घाटन भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सोमबार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु बोक्ने कार, जीप र भ्यानलगायत निजी सवारीलाई सुरुङमार्गबाट काठमाडौं–धादिङ आउजाउ गर्न दिइएको हो । यसअघि सुरुङमार्ग आपत्कालीन सवारीका लागि मात्र खुला थियो । अहिले भने एम्बुलेन्स, सरकारी सवारी र नौ सिटसम्मका