लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार सम्हालेकी छिन् । नियुक्ति भएको १९ दिनपछि उनले पदभार ग्रहण गरेकी हुन् । मन्त्रिपरिषद्को असार २० गतेको बैठकले याङ्कीलाई ४ वर्षका लागि बोर्डको सिइओ नियुक्त गरेको थियो । उनी विकास अर्थशास्त्री हुन् । काठमाडौँकी स्थायी बासिन्दा उक्याबले अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर गरेकी छिन् । The post लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण appeared first on Businesspana.