७२ लाखकाे अवैध सामानसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

  • सोमबार ८ भौ २०८३ ११:५४ AM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी नेपाल भित्र्याउन खोजिएको ७२ लाख रुपैयाँभन्दा बढी मूल्यको सामानसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको ग्वाङडोङ निवासी २९ वर्षीय चेन जुनसान रहेका छन्। उनी चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका थिए। प्रहरीका अनुसार शनिवार अपराह्न करिब ४ः३० बजे अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिरिने क्रममा शंका लागेपछि