सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले असल नियतले काम गर्ने कर्मचारीको साथमा संगठन सधैँ रहने बताएका छन्। तर, कुनै व्यक्तिले खराब नियतले गरेको गल्तीको जिम्मेवारी संगठनले नलिने उनले स्पष्ट पारेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको नवौँ वार्षिकोत्सव तथा मातहतका कार्यालयको निरीक्षणका क्रममा लुम्बिनी प्रदेशका इकाई प्रमुखहरूलाई निर्देशन दिँदै पौडेलले