काठमाडौं । नेकपा (एमाले)की सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले ग्यास, रासायनिक मल र राहदानीको लागि लाइनमा बसेका नागरिकको समस्या समाधान गर्नुभन्दा सरकार निकटस्थमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित