काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासन, स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका डा. रामकण्ठ माकजु श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरेका छन् । नेपाल जन–प्रशासन संघले सोमबार काठमाडौंको होटल याक एन्ड यतिमा आयोजना गरेको सम्मान समारोहमा राष्ट्रपति पौडेलले डा. श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान–२०८१ र खनाललाई हेमबहादुर मल्ल सम्मान–२०८२