काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रशासन र व्यवस्थापनका लागि प्रविधि मात्र पर्याप्त नहुने बताउँदै नैतिकता, आचरण र इमानदारीता अपरिहार्य रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शासन र विश्वव्यापीकरणका कारण विश्वमा प्रविधिको विकास र परिवर्तनको गति तीव्र भएको बताए । उनले