अर्थमन्त्री वाग्लेमाथि सांसद सङ्ग्रौलाको टिप्पणी- ‘३६ देश चिन्ने अर्थमन्त्रीले आफ्नै देश चिन्न सकेनन्’

  • सोमबार ८ भौ २०८३ १०:२२ AM
काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वासको संकेत भएको बताइन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति व्यंग्य