गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

  • सोमबार ८ भौ २०८३ १०:४६ AM
गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्। बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएका छन्। पक्राउ परेका प्रहरीबाहेक अन्यको भूमिकामाथि पनि अनुसन्धान भइरहेको